इस्टर्न हाइड्रोपावर र खप्तड लघुवित्तले पायो आईपीओ निष्काशनका लागि बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई आईपीओ निष्काशनका लागि अनुमति प्रदान गरेको छ । बोर्डले इस्टर्न हाइड्रोपावर र खप्तड लघुवित्तलाई आईपीओ निष्काशनका लागि अनुमति प्रदान गरेको हो ।

अनुमति पाएसँगै इस्टर्न हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय र आम सर्वसाधारणको लागि १२ करोड ४० लाख रुपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता सेयर निष्काशन गर्ने छ । । कम्पनीको सेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीले भोजपुर जिल्लामा ५ मेगावाटको पिखुवा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । त्यस्तै भोजपुर मै १४.१ मेगावटको इर्खुवा जलविद्युत आयोजनाको सर्भे गरिरहेको छ । कम्पनीले मङ्सिर २४ गते बोर्डमा आवेदन दिएको थियो । बोर्डले साउन ९ गते अनुमति दिएको हो ।

त्यस्तै, खप्तड लघुवित्तले चुक्ता पूँजीको ३३ प्रतिशत अर्थात् १ करोड ३२ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ । लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ लाख ३२ हजार कित्ता सेयर बिक्री गर्नेछ ।

सुदूरपश्चिममा कार्यक्षेत्र रहेको यस लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ । कम्पनीको सेयर निष्काशनको लागि प्रभु क्यापिटल लिमिटेड बिक्री प्रवन्धकको रुपमा रहेको छ । खप्तड लघुवित्त वित्तीय संस्था बैशाख ११ गते बोर्डमा आवेदन दिएको थियो । बोर्डले साउन १० गते अनुमति प्रदान गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स