ग्लोबल आइएमई लघुवित्तको नाफा २५ करोड माथि, घट्यो खराब कर्जा

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको परिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा लघुवित्तले २५ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १०.०५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले २२ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको कर्जा प्रवाह ३३.७४ प्रतिशतले बढेर ८ अर्ब २४ करोड पुगेको छ । यस अवधिमा कम्पनीको खराबकर्जा २.६६ प्रतिशतबाट घटेर १.६४ प्रतिशत पुगेको छ ।

त्यस्तै, कम्पनीको खुद ब्याज आम्दानी २५.३१ प्रतिशतले बढेर ५६ करोड ७८ लाख पुगेको छ । यस अवधिमा कम्पनीको सापटी १.१० प्रतिशतले बढेर ४ अर्ब ६३ करोड पुगेको छ भने निक्षेप ३८.४६ प्रतिशतले बढेर २ अर्ब ९६ करोड पुगेको छ ।

लघुवित्तको चुक्तापूँजी ५५ करोड २५ लाख रुपैयाँ रहेकोमा जगेडा कोषको आकार वृद्धि भई ४६ करोड ९ लाख रुपैयाँ कोषमा संचित रहेको छ । समिक्षा अवधिमा संस्थाको प्रतिसेयर आम्दानी ७ रुपैंयाँ ३९ पैसाले घटेर ४५ रुपैयाँ ३४ पैसा पुगेको छ । अघिल्लो आवको प्रतिसेयर आम्दानी ५२ रुपैयाँ ७३ पैसा रहेको थियो । त्यस्तै प्रतिसेयर नेटवर्थ १८३ रुपैयाँ ४२ पैसा कायम रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स