६ दिनमा ६३ अर्बले घट्यो निक्षेप, कर्जा प्रवाहको अवस्था कस्तो ?

काठमाडौं । साउन लागेपछि निक्षेप झिक्ने र कर्जा लिएको ऋण तिर्ने बढेका छन् । साउन ६ गतेसम्म ६ दिनको अवधिमा वािणज्य बैंकबाट ६३ अर्ब रुपैयाँ निक्षेप झिकिएको छ भने १० अर्ब कर्जा भुक्तानी भएको छ ।

सञ्चालनमा रहेका २६ वाणिज्य बैंकले गत असार मसान्तसम्म ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जुन साउनको ६ गते आइपुग्दा निक्षेप घटेर ४४ खर्ब ७८ अर्ब र कर्जा ४१ खर्ब ६५ अर्ब रुपैयाँमा सीमित भएको छ । साउन लागेपछि एकै पटक घटेको निक्षेपले वित्तीय बजारमा अझ तरलताको समस्या हुने देखिएको छ ।

साउनको ६ गतेसम्म वाणिज्य बैंकहरुको औषत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८७.७५ प्रतिशत रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स