९ वाणिज्य बैंकले कमाए २५ अर्ब, कुन बैंकले कति गरे नाफा ?

काठमाडौं । चालु आर्थिक वर्षमा अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गरेका ९ वटा वाणिज्य बैंकले २४ अर्ब ८१ करोड ३९ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । बैंकहरूले गत आर्थिक वर्षमा कमाएको नाफा ५ अर्ब ६० करोड रुपैयाँभन्दा बढी हो ।

आज सोमबारसम्म वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरूमध्ये सबैभन्दा बढी कमाउने बैंक ग्लोबल आईएमई बैंक रहेको छ भने दोस्रोमा एनआईसी एशिया बैंक परेको छ ।

गत आवमा ग्लोबल आईएमई बैंकले ५ अर्ब २० करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ भने एनआईसी एशियाले ४ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ । बढी नाफा कमाउने बैंकको तेस्रो नम्बरमा प्रभु बैंक सूचीकृत भएको छ । बैंकले यो अवधिमा २ अर्ब ६० करोड रुपैयाँ नाफा गरेको छ ।

सानिमा, माछापुच्छ्रे, लक्ष्मी, एनसीसी, सनराइज र सिटिजन बैंकको नाफा पनि २ अर्बभन्दा माथि नै रहेको छ ।

यस्तो छ बैंकको वितरण योग्य नाफा सहितको अवस्था

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स