कालिका लघुवित्तले कमायो १३ करोड नाफा, अन्य सूचक कस्ता ?

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा १२ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३२.७२ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

लघुवित्तको निष्क्रिय कर्जा घटेपछि सम्भावित जोखिम वापतको व्यवस्थामा कम रकम छुट्याएको र गत आवमा खराब कर्जा उठाउन सफल हुँदा लघुवित्तको खुद नाफा बढेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १.१३ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी २४.३२ प्रतिशत र कुल सञ्चालन आम्दानी ५.१४ प्रतिशत बढेको छ ।

अघिल्लो आर्थिक वर्षको चैत मसान्तसम्ममा २ करोड ६० लाख रुपैयाँ ऋणात्मक रहेको लघुवित्तको सञ्चालन मुनाफा गत आर्थिक वर्षको सोही अवधिसम्ममा ८ करोड ९२ लाख रुपैयाँ धनात्मक भएको छ ।सो अवधिसम्ममा लघुवित्तले ११ करोड ४८ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १२.७२ प्रतिशत बढेको छ भने जगेडा कोष ५१.२३ प्रतिशत बढेको छ । लघुवित्तको सापटी ३७.३५ प्रतिशत बढेको छ र निक्षेप २६.८० प्रतिशत बढेको छ भने कर्जा ३०.३० प्रतिशत बढेको छ ।

खुद नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २१ रुपैयाँ १८ पैसा बढेर ४१ रुपैयाँ ७ पैसा पुगेको छ । सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २९.१९ गुणा रहेको छ भन प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ६८ पैसा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स