माछापुच्छ्रे बैंकको नाफामा छलाङ, अन्य परिसूचक कस्ता ?

काठमाडौं । माछापुच्छ्रे बैंकले २ अर्ब १४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले कमाएको नाफा अघिल्लो आवको भन्दा ३३.९४ प्रतिशतले बढि हो । बैंकले अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म १ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आवमा बैंकले ५७ करोड ६९ लाख रुपैयाँ बढि नाफा कमाएको छ ।

बैंकको वितरण योग्य नाफा १ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । उक्त अवधिमा बैंकको चुक्ता पुँजी १० अर्ब २५ करोड रुपैयाँ कायम रहेको हुँदा गत आवको नाफाबाट बैंकले सेयरधनीलाई १२.९२ प्रतिशत लाभांश वितरण गर्न सक्ने सम्भावना छ ।

बैंकले समीक्षा अवधिमा खुद ब्याज आम्दानी १६.६७ प्रतिशतले वृद्धि गरी ५ अर्ब ७ करोड रुपैयाँ पुर्याएको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । सो अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ३१ पैसा बढेर २१ रुपैयाँ ७ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.०६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ७० पैसा रहेको छ ।

सो अवधिमा बैंकको खराब कर्जा अनुपात ०.८४ प्रतिशत, कस्ट अफ फन्ड १३.४७ प्रतिशत, बेसरेट ९.३३ प्रतिशत, स्प्रेडदर ४.३३ प्रतिशत र सीडी रेसियो ८६.१६ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स