सानिमा बैंकको नाफा घट्यो, प्रतिसेयर आम्दानीमा असर कस्तो ?

काठमाडौं । गत आर्थिक वर्षमा सानिमा बैंकले १ अर्ब २९ करोड रुपैयाँमा नाफा आर्जन गरेको छ । बैंकले आर्जन गरेको नाफा अघिल्लो आर्थिक वर्षको भन्दा १.०७ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा सानिमा बैंकले २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको वितरण योग्य नाफा भने १ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । सो अवधिमा बैंकको चुक्ता पुँजी ११ अर्ब ३२ करोड रुपैयाँ कायम हुँदा गत आवको नाफाबाट बैंकले सेयरधनीलाई १२.९७ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ ।

बैंकले गत आवको असार मसान्तसम्म कुल १ खर्ब ५७ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३७ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जसबाट बैंकले ४ अर्ब ७६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अधिल्लो आवको सोही अवधिको तुलनामा ५.५३ प्रतिशत बढी हो ।

ब्याज आम्दानीमा सामान्य सुधार भएपनि अघिल्लो आवको तुलनामा बैंकको सञ्चालन आम्दानी १.७६ प्रतिशतले घटेर ३ अर्ब २५ करोड रुपैयाँमा सिमित भएको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ २४ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ५१ रुपैयाँ ०१ पैसा, प्रतिसेयर कुल सम्पति १ हजार ६ सय ९९ रुपैयाँ ३४ पैसा, तरलता अनुपात २७.०७ प्रतिशत र मूल्य आम्दानी अनुपात १३.६३ रहेको छ ।
गत आवको असार मसान्तसम्म बैंकको खराब कर्जा अनुपात ०.३५ प्रतिशत, बेसरेट ९.७१ प्रतिशत, स्प्रेडदर ३.८६ प्रतिशत र सीडी रेसियो ८६.३६ प्रतिशत कायम छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स