लुम्बिनी विकास बैंकको नाफामा उल्लेख्य वृद्धि, प्रतिसेयर आम्दानी कति ?

लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षमा ६७ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५५.६९ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४३ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले खुद ब्याज आम्दानी बढेसँगै निष्क्रिय कर्जा घटेका कारण बैंकको नाफा उल्लेख्य बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३०.१५ प्रतिशत बढेको छ । खुद फि तथा कमिसन आम्दानी १०.९८ प्रतिशत घटेको छ ।

बैंकको कुल सञ्चालन आम्दानी १६.९२ प्रतिशत र सञ्चालन मुनाफा ६०.०२ प्रतिशत बढेको छ । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ४७ करोड ९२ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १३ प्रतिशत बढेको छ भने जगेडा कोष ६.१५ प्रतिशत बढेको छ । बैंकको निक्षेप १७.८८ प्रतिशत र कर्जा २८.३३ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ ६४ पैसा बढेर २० रुपैयाँ ५७ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.५८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ १९ पैसा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स