अभियान लघुवित्तले साउन १८ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

काठमाडौं । अभियान लघुवित्तले साउन १८ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १०० अंकित दरको ९ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुका लागि निष्काशन गर्न लागेको हो।

जस मध्ये ५ प्रतिशत अर्थात ४८ हजार ७ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि छुट्याईएको छ भने ०.५ प्रतिशत अर्थात १२ हजार ५ सय कित्ता सेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ९ लाख १३ हजार ७ सय ५० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

लघुवित्तको आईपीओमा छिटोमा साउन २२ गते र ढिलोमा भदौ १ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ३ हजार कित्ताको लागि आवेदन दिनु पर्ने छ । कम्पनीको सेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धकको रुपमा रहेको छ ।

हाल कम्पनीको अधिकृत पूँजी ३० करोड, जारी पूँजी २५ करोड, र चुक्ता पूँजी १५ करोड २५ लाख रहेको छ। सर्वसाधारणहरुलाई सेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात वित्तीय संस्थाको चुक्ता पूँजी २५ करोड हुनेछ।

लघुवित्तको आईपीओमा लगानीकर्ताले सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स