२४५ बैंक तथा वित्तीय संस्था मर्जर तथा एक्विजिशनमा गए, अव कुन कुन छन् प्रक्रियामा

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने तथा प्राप्ती गर्ने नीति लिएपछि बैंक तथा वित्तीय संस्था एक अर्कामा मर्जर तथा एक्विजिशनमा जाने क्रम पछिल्लो समय अझ बढि देखिएको छ । मर्जर तथा एक्विजिशन नीति लिएपछि हालसम्म २४५ वटा बैंक तथा वित्तीय संस्था एक आपसमा गाम्भे/गाभिएका छन् ।

यीमध्ये १७८ संस्थाहरूको इजाजत खारेज भई ६७ संस्था कायम भएको छ । आर्थिक वर्ष २०७८/७९ मा १ वाणिज्य बैंकले अर्को वाणिज्य बैंक प्राप्ति गरी एकीकृत कारोबार सुरु भएको छ । ४ वाणिज्य बैंकहरू एक आपसमा गाभिएर २ वाणिज्य बैंक बन्ने सैद्धान्तिक सहमति प्रदान गरिएको छ भने थप २ वाणिज्य बैंकहरू गाभ्ने तथा प्राप्ति प्रक्रियामा सहभागी हुने गरी समझदारी सम्पन्न भएको छ ।

त्यसै गरी प्रभु र सेन्चुरी कमर्शियल बैंकको पनि मर्जरको विषयलाई लिएर घनिभूत छलफल भइरहेको छ । सेन्चुरी कमर्शिएल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेलाई फूल सीईओ बनाएपछि एक प्रकारले मर्जर मर्जरमा नजाने मनस्थिति बनाएको सेन्चुरी बैंक, कुमारी, सिभिल, एनसीसी, सनराइज, लक्ष्मीलगायतका बैंकलाई मर्जरमा जान दवाव दिइरहेको छ । एनसीसी बैंक र नबिल बैंकबीच पनि प्राप्तीको लागि छलफल भइरहेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत मर्जर प्रक्रियामा जाने बैंक तथा वित्तीय संस्थालाई २०७९ पुसमसान्तसम्म सहुलियत तथा सुविधा दिने व्यवस्था गरेको छ । आर्थिक वर्ष २०७५/७६ पुसमा जनता बैंक ग्लोबल बैंकमा मर्जर गएपछि अहिलेसम्म वाणिज्य बैंक मर्जर तथा एक्विजिशनमा गएको भनेको नबिल बैंक र नेपाल बंगलादेश बैंक हो । नबिलले बंगलादेश बैंकलाई प्राप्ती गरेको हो ।

केही समय अघिमात्रै नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जरमा जाने सहमति गरेका छन् भने नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर सम्झौता तोडेको हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ती गर्ने भएको छ । यद्यपि राष्ट्र बैंकले मर्जनलाई प्रोत्साहन गर्ने नीति लिएदेखि विभिन्न वाणिज्य बैंकहरू एक आपसमा गाभिने तथा गाभ्ने क्रम पछिल्लो समय अझ देखिएको छ । विशेष गरेर वाणिज्य बैंकहरू आफू सुहाउँदो पाटर्नर खोज्न लागि परेका छन् ।

राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार ग्लोबल आईएमई बैंकले ९ वटा बैंक तथा वित्तीय संस्थालाई मर्जर तथा प्राप्ती गरेको छ । बैंकले आव २०७६/७७ मा जनता बैंकलाई मर्जर गरेको थियो । मर्जर तथा प्राप्तीमा बैंक तथा वित्तीय संस्था जान थालेछि भएको यो मर्जर हालसम्म कै ठूलो हो । यसपछि हिमालयन र नेपाल इन्भेष्टमेन्ट मर्ज हुने सम्झौता भएपनि सेयर स्वामित्व नमिल्दा भाडिएको छ ।

 

ग्लोबलमा हालमम्म हाथवेय, रिलायबल, प्यासिफिक, सोसेल, गुल्मी, कमर्ज एण्ड टष्र्ट विकास बैंक मर्ज तथा एक्यिुजिशन भएका छन् भने बैंकले लर्ड बुद्ध र आईएमई फाइनान्स प्राप्ती गरेको छ ।

सेन्चुरी कमर्शियल बैंकले २०७२/७३ को तेस्रो र चौथो त्रैमासदेखि २०७४/७५ पहिलो त्रैमाससम्म ३ वटा विकास बैंक र २ वटा फाइनान्स कम्पनी प्राप्ती गरिसकेको छ । बैंकले अलपाइन विकास बैंक, इनोभेटिभ विकास बैंक, अरनिको विकास बैंक र सेती तथा सगरमाथा फाइनान्सलाई प्राप्ती गरेको हो ।

मेगा बैंकले पनि आर्थिक वर्ष २०७२/७३ को तेस्रो त्रैमासदेखि २०७६/७७ सम्ममा ३ विकास बैंकलाई मर्जर तथा प्राप्ती गरेको छ । बैंकले गण्डकी विकास बैंक र टुरिजम विकास बैंकलाई प्राप्ती गरेको हो भने पश्चिमाञ्चल विकास बैंकलाई मर्ज गरेको हो ।

प्राइम कमर्शियल बैंकले कैलास, कन्काई, विराटलक्ष्मी कन्ट्री विकास बैंकलाई प्राप्ती गरेर अहिले बैंक बनेको हो ।
सिटिजन्स बैंकले तिनहुँ सहयोगी विकास बैंक र सिर्जना फाइनान्स, प्रिमियर, नेपाल हाउजिङ एण्ड मर्चेण्ट र पिपुल्स फाइनान्सलाई प्राप्ती गरेको छ । बैंक अझै पनि अन्य बैंक तथा वित्तीय संस्थालाई मर्ज तथा प्राप्ती गर्न तयार रहेको छ । सिटिजन्स बैंकमा अध्यक्ष राजनसिंह भण्डारीले हामी भन्ने बैंकसँग मर्जमा जाँदैनौ, तर कोहि हामीसँग मर्ज हुन तथा प्राप्तीमा आउन चाहे भने याचे प्रक्रियामा जान सकिने बताए ।

एनसीसी बैंकसँग मर्जर प्रक्रिया भाँडिएको कुमारी बैंकले पनि हालसम्म ४ वटा विकास बैंक र एउटा फाइनान्स कम्पनीलाई एक्यिुजिशन गरिसकेको छ । बैंकले देव विकास बैंक, काष्ठमाण्डप विकास बैंक, महाकाली विकास बैक, काक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स कम्पनीलाई प्राप्ती गरेको छ ।

सानिमा विकास बैंकले भने आव २०७३/७४ देखि हालसम्म जम्मा एउटा विकास बैंकलाईमात्र प्राप्ती गरेको छ । बैंकले बागमाती विकास बैंकलाई प्राप्ती गरेको हो । त्यसरी नै एनआईसी एशिया बैंकले बैंक अफ एशिया नेपाललाई प्राप्ती गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले एस विकास बैंक, सिटी एक्पेस र जेविल्स फाइनान्सलाई प्राप्ती गरेको छ भने सनराइज बैंकले एनआईडीसी क्यापिटल मार्केट, नारायणी नेशनल फाइनान्सलाई एक्यिुजिशन गरेको छ । प्रभु बैंकले गण्डकी, क्रिष्ट, गौरीशंकर, प्रभु विकास बैंकलाई एक आपसमा प्राप्ती गरेर बैंक बनेको छ भने जेनिथ, भैरहवा, प्रभु फाइनान्सलाई गाभ्ने काम गरेको छ ।

एनसीसी बैंकले पूर्वाधार, एपेक्स, सप्रिम, इन्टरनेशनल विकास बैंकलाई मर्ज गरेको छ । सिभिल बैंकले युनिक, इन्टरनेशल लिजिङ फाइनान्स र हामा मर्चेन्ट एण्ड फाइनान्स र सिभिल मर्चेन्ट वित्तीय संस्थालाई प्राप्ती गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स