सिटिजन्स बैंकको नाफा सवा २ अर्ब, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्षमा २ अर्ब २५ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.७६ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८० करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको हो ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सामान्य बढेसँगै बैंकको नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४०.२९ प्रतिशत बढेको छ । खुद फि तथा कमिसन आम्दानी १५.५७ प्रतिशत बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी २८.५० प्रतिशत र सञ्चालन मुनाफा २४.९४ प्रतिशत बढेको छ । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४२ करोड ४६ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १२.९१ प्रतिशत बढेको छ भने जगेडा कोष २.१३ प्रतिशत बढेको छ । बैंकको निक्षेप ८.६५ प्रतिशत र कर्जा १०.६८ प्रतिशत बढेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ५१ पैसा बढेर १५ रुपैयाँ ८५ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.७७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ३९ पैसा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स