अहिलेको मौद्रिक नीतिलाई स्वागत गर्छौ, तर खुला मनले होइन

 

सयेर लगानीकर्तामा सबैको चासो ४्१२ नीतिमा थियो । ४/१२ मा ४ हट्नु र १२ नहट्दा अहिलेको मौद्रिक नीतिले लगानीकर्ताको लागि मध्यमार्गी बाटो अँगालेको अनुमान गर्न सकिन्छ । यसै सन्द्रर्भमा हाम्रो अर्थ टिमले लगानीकर्ता छोटेलाल रोनियारसँग अहिलेको मौद्रिक नीति सम्बन्धी प्रतिक्रिया मागेको थियो ।

रोनियारले आफूहरुले चाँहेको जस्तो ४\१२ नै नहटेपनि ३ वटा बैंक नभईकन एउटै बैंकबाट १२ करोडको निकाल्न पाउँने प्रावधानले राहत दिएको र यसलाई स्वागत गनुपर्ने बताए । ‘दोस्रो कुरा जोखिम बहन क्षमता २५ लाखसम्म १००% र २५ लाखभन्दा माथिलाई १५०% जुन भनिएको छ यसले साना लगनीकर्ता र ठूला लगानीकर्ता भनेर छुट्याउँन खाजेको देखियो तर त्यस्तो धेरै जोखिम नेपाली पुँजी बजारमा नरहेको ’ ठकुवा गरे ।

डिभेन्चरहरुलाई निक्षेपमा जोड्न पाउँने जुन व्यवस्था लिइएको छ यसले तरलतालाई अलिकति भएपनि सहज बनाउने बताए । मर्जर, टेक ओभर र एक्विजिशन कारोबार रोक्का गर्न नपर्ने जुन व्यवस्था ल्यायो त्यो पनि राम्रो रहेको बताए ।

‘३२०० विन्दुबाट १८०० विन्दुबाट सम्म पुगेको सेयर बजार अहिले २००० विन्दु हाराहारीमा छ । एक वर्षमा यति धेरै झन्डै ४० प्रतिशत मार्केट झर्नु भनेको स्टिप फल भन्न सकिन्छ । जुन तरिकाले पुँजीबजार विरुद्ध कसिलो मौद्रिक नीति आउँछ भनेर हल्ला फिँजाइएको थियो त्यस्तो कसिलो त आएन ठिक्कै आयो ।’ भनेर उनको प्रतिक्रिया थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स