अब ऋणपत्रलाई निक्षेपमा गणना गर्न पाउने व्यवस्थाले पायो निरन्तरता

काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणपत्रलाई निक्षेपमा गणना गर्न पाइने व्यवस्थालाई निरन्तरता दिएको छ । ऋणपत्रलाई गत आवको अन्त्यसम्ममात्रै निक्षेपमा गणना गर्न पाउने सुविधालाइ राष्ट्र थप १ वर्षका लागि समय थप गरेको हो ।

मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर अधिकारीले ऋणपत्रलाई कर्जा निक्षेप अनुपात(सीडी रेसियो)मा गणना गर्न दिने व्यवस्था २०८० साल असार मसान्तसम्म लागू हुने बताए । अहिले बैंकहरूले १ खर्बभन्दा बढीको ऋणपत्र सार्वजनिक गरेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स