काउन्टर साइक्लिकल बफरलाई २०८० साल असार मसान्तसम्ममा कार्यान्वयनमा लैजाने

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोनाको कारण स्थगित भएको काउन्टर साइक्लिकल बफर लागू गर्ने घोषणा गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले काउन्टर साइक्लिकल बफरलाई २०८० साल असार मसान्तसम्ममा कार्यान्वयनमा लैजाने घोषणा गरे ।

२०७६ सालको मौद्रिक नीतिमा २ प्रतिशत बिन्दुले काउन्टर साइक्लिकल बफर लगाउने नीति थियो । २०७६ सालमा कोरोना आएपछि ऋण बढाउनुपर्ने भएको हुँदा यसलाई राष्ट्र बैंकले स्थगित गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स