कर्जाको क्षेत्रगत व्याजदर कायम गर्दै राष्ट्र बैंक (यस्तो छ मौद्रिक नीतिको पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले काउन्टर साइक्लिकल बफरलाई ब्यूँताएर कर्जा प्रवाहलाई कसेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाद्वारा प्रवाह हुने कर्जाको ब्याजदरलाई क्षेत्रगत रुपमा वर्गिकरण भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै कर्जाको व्याजदर क्षेत्रगत रुपमा कायम गर्ने बताएका हुन् । कर्जाको अधिकरण कम गराइने छ भने उत्पादनशील क्षेत्र र व्यापारीक क्षेत्रमा प्रवाह हुने ब्याजदरमा अन्तर कायम गरिनेछ ।

‘कर्जाको वृद्धिभन्दा कर्जालाई उत्पादनशील क्षेत्रमा प्रवाह गराउनेतर्फ मौद्रिक नीतिको प्राथमिकता रहेको गभर्नर अधिकारीले बताए । चालु आर्थिक वर्षको मौद्रिक नीतिले कोभिड १९ को समयमा लिइएको सहुलियतलाई कटौती गरेको छ । कृषि र कोभिड महामारीबाट अति प्रभावित क्षेत्रमा मात्र उपलब्ध गराउने गरी पुनरकर्जा सुविधालाई पुनरावलोकन गरिने छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/07/Monetory_policy_2079-080.pdf”]

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स