बैंक तथा वित्तीय संस्थाको कर्जा दिने क्षमतालाई कस्दै राष्ट्र बैंक, १९ प्रतिशतको वृद्धिलाई झारेर १५ मा सीमित गरिदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जारी गर्ने चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको कर्जा दिने क्षमतालाई कस्ने भएको छ । राष्ट्र बैंकले काउन्टर साइक्लिकल बफरलाई ब्यूँताएर कर्जा दिन क्षमतालाई कस्न लागेका हो । काउन्टर साइक्लिकल बफरलाई ब्यूँताएरमा बैंकहरूले अहिलेको ११ प्रतिशत पुँजी पर्याप्तता अनुपातलाई साढे १३ प्रतिशतसम्म राख्नुपर्ने हुन्छ । यसले बैंकहरुको ऋण दिने क्षमतामा ठूलो ह्रास आउने छ ।

काउन्टर साइक्लिकल बफर लागू भएपछि बैंकहरुले कर्जा दिनका लागि पुँजी बढाउनुपर्ने हुन्छ । अहिले राष्ट्र बैंकले पुँजी बढाउनका लागि हकप्रद सेयर जारी गर्न रोकेको छ भने काउन्टर साइक्लिकल बफर टायर १ क्यापिटलमा लाग्छ । यसको लागि बैंकहरूले अहिले निष्कासन गर्ने ऋणपत्र जोड्न पाइदैन ।

गभर्नरले अनिवार्य तरलता अनुपात ३ प्रतिशतलाई ५ देखि ६ प्रतिशत पु¥याउने तयारी गरेका छन् । स्थायी तरलता सुविधा पनि ८ देखि ९ प्रतिशत पु¥याउने उनको योजना छ । ऋण बिस्तारको लक्ष्य १९ प्रतिशतबाट झार्ने निर्णय गरेको बुझिएको छ । यसवर्ष १५÷१६ प्रतिशतको हाराहारीमा ऋण विस्तार गर्ने लक्ष्य राष्ट्र बैंकले राख्ने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स