काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
बैंकले सार्वजनिक गरेको आर्थिक २०७८/७९ को विवरण अनुसार कम्पनीको खुद नाफा २२.५३ प्रतिशतले बढेर १ अर्ब २ करोड ६१ लाख पुगेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८३ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४१.२० प्रतिशत ले बढेर १ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २३.१४ प्रतिशत बढेर १ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ ।
असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ८० करोड ८५ लाख रुपैयाँ रहेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५६ पैसा बढेर ४ रुपैयाँ ७५ पैसा पुगेको छ।
सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ५०.५२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ४ पैसा रहेको छ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ८ प्रतिशत बढेर २१अर्ब ६० करोड रुपैयाँ पुगेकोमा जगेडा कोष भने २७.६८ प्रतिशतले घटेर १ अर्ब ७३ करोड रुपैयाँ संचित रहेको छ । त्यसैगरी, बैंकको निक्षेप १५.०६ प्रतिशत र कर्जा ५८२.८९ प्रतिशत बढेको छ।