ग्लोबल आइएमई बैंकको खुद नाफा ५ अर्ब बढी, प्रतिसेयर आम्दानी २१ रुपैयाँ

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा ५ अर्ब २० करोड वितरण योग्य नाफा गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब १६ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब १९ करोड रहेको छ । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.५२ प्रतिशतले बढेर १० अर्ब ७४ करोड पुगेको छ ।

बैंकको निक्षेप ३.३७ प्रतिशतले बढेर २ खर्ब ७७ अर्ब पुगेको छ भने कर्जा प्रवाह १३.०७ प्रतिशतले बढेर २ खर्ब ५८ अर्ब पुगेको छ । २३ अर्ब ७९ करोड चुक्ता पूँजी रहेको बैंकको रिजर्भमा १३ अर्ब ३५ करोड रहेको छ । बैंकको खराब कर्जा १.२२ प्रतिशत रहेको छ ।

यस अवधिमा बैंकको प्रति सेयर आम्दानी २१ रुपैयाँ ८८ पैसा र प्रति सेयर नेटवर्थ १५६ रुपैयाँ ११ पैसा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स