अब बैंक तथा वित्तीय संस्थाहरुले २१ दिन भित्र वित्तीय विवरण प्रकाशन गरिसक्नु पर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले साउन २१ गतेभित्र चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरिसक्नु पर्ने भएको छ । राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै एकीकृत वित्तीय प्रतिवेदन लगायत प्रमुख वित्तीय परिसूचकको अन्तरिम वित्तीय प्रतिवेदन पेश गर्न भनेको हो ।

नेपाल राष्ट्र बैंकले आज एक परिपत्र जारी गर्दै ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्र प्राप्त संस्थाहरुलाई एकीकृत निर्देशन २०७८ मा भएको विद्यमान व्यवस्था संशोधित गरेको हो ।

चौथो त्रैमासको अन्तरिम वित्तीय प्रतिवेदन (संक्षिप्त प्रतिवेदन) आर्थिक वर्ष समाप्त भएको २१ दिनभित्र प्रकाशन गर्नु पर्ने राष्ट्र बैंकले जारी गरेको निर्देशनमा उल्लेख छ ।

चौथो त्रैमास सकिएको २१ दिन भित्र वित्तीय विवरण राष्ट्र बैंकमा पेश गर्नुका साथै राष्ट्रियस्तरका दैनिक पत्रिकामा अनिवार्य सार्वजनिक गर्न निर्देशन दिएको छ । यसअघि राष्ट्र बैंकले चौथो त्रैमास सकिपछि साउन मसान्त भित्र वित्तीय विवरण सार्वजनिक गर्न पाउने व्यवस्था गरेको थियो ।

यसअघि राष्ट्र बैंकको एकीकृत निर्देशन २०७८ मा आर्थिक वर्ष २०७७/०७८ को चौथो त्रैमाससम्मको अन्तरिम वित्तीय प्रतिवेदन (संक्षिप्त प्रतिवेदन २०७८ साउन मसान्तसम्म प्रकाशन गर्न पाउने व्यवस्था रहेको थियो ।

राष्ट्र बैंकको निर्देशन अनुसार अन्तरिम वित्तीय प्रतिवेदनको विस्तृत विवरण राष्ट्र बैंकले तोकिदिएको ढाँचामा आफ्नो वेबसाइटमा राख्नु पर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स