एनआईसी एसिया बैंक २५ वर्षमा प्रवेश, वर्षभरिनै विविध कार्यक्रम गरि रजत महोत्सव मनाउँदै

काठमाण्डौ । एनआईसी एसिया बैंक २५ वर्षमा प्रवेश गरेको छ । २०५५ सालको साउन ५ गते स्थापना भई विधिवत रुपमा कारोबार सुरु गरेको एनआईसी एसिया बैंक आज देशकै सबैभन्दा ठूलो र नम्बर १ बैंक बन्न सफल भएको छ ।

बैंकले देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै रजत जयन्ती मनाउन गइरहेको छ । संस्थागत रुपमा २५ वर्ष पुगेपछि रजत महोत्सव मनाउने चलन छ । बैंकले यस वर्षभरि नै विविध कार्यक्रम रजत महोत्सव मनाउने छ ।

एनआईसी बैंकको रुपमा स्थापना भएको बैंक २०१३ मा बैंक अफ एसियासँग मर्जर भई एनआईसी एसिया बैंक बनेको हो । पटक पटक बैंक अफ दि इएरबाट सम्मानित भइसकेको एनआईसी एसिया बैंक आज नेपालको सबैभन्दा ठूलो बैंक बन्न सफल भइसकेको छ ।

विधिविधान, पद्धति, पारदर्शीता, व्यवसायिकतालाई मुख्य आधार मान्दै अघि बढेको बैंकका कर्मचारीहरुले सामूहिक भावनाले उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले यस २५ वर्षको यात्रामा आर्थिक वर्ष २०५६/०५७ मा १ कित्ता बराबरको साधारण सेयरमा लगानी गर्ने सेयर धनीको हालसम्म आइपुग्दा उक्त सेयर संख्या १३.१२ कित्ता पुगेको जनाएको छ । जसको प्रतिफल आजको बजार मूल्यमा ९,५२०.९७ बराबर पुगेको बैंकले जनाएको छ ।

यस अवधीमा बैंकले कुल १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको छ भने गत आर्थिक वर्ष २०७८/७९ मा मात्रै ३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरू मध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित भएको बैंकले जनाएको छ ।

आगामी दिनहरुमा अझ विश्वस्तरिय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ सेवा एवम् सुविधाहरु प्रदान गर्दै सबै सरोकारवालाहरुको पहिलो रोजाइको बैंक बन्ने अठोट बैंकले गरेको छ ।

हाल एनआईसी एसिया बैंकका४७३ वटा एटिएम, १०२ वटा एक्टेन्सन काउन्टर र ३५९ वटा शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स