एनआइसी एशिया बैंकको खुद नाफा साढे ४ अर्ब

काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको २०७८/७९ चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले आव २०७८/७९ मा ४ अर्ब ५३ करोड रुपैयाँ बराबरको खुद नाफा आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो आवको तुलनामा करिब ३९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब २५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा दुवै बढ्न पुगेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २७.५८ प्रतिशत बढेर ११ अर्ब ७७ करोड २१ लाख रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिसन आम्दानी २४.३७ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको खुद सञ्चालन आम्दानी २५.९२ प्रतिशत र सञ्चालन मुनाफा ३३.५९ प्रतिशतले बढेर ६ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।

हाल बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड रुपैयाँ छ भने जगेडा कोषमा १३ अर्ब ५८ करोड रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकले निक्षेप संकलन र कर्जा लगानीमा सामान्य सुधार गरेको छ । अघिल्लो आर्थिक वर्षमा २ खर्ब ८७ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेको बैंकले गत आवमा २ खर्ब ८९ अर्ब रुपैयाँ संकलन गरेको छ । त्यस्तै, कर्जा लगानी पनि २ अर्ब ४८ करोड रुपैयाँबाट २ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको एनपीएल घटेर ०.४९ प्रतिशतमा सीमित छ भने सीडी रेसियो बढेर ८६.२६ प्रतिशतमा पुगेको छ । त्यसैगरी बैंकको कुल पूँजी पर्याप्तता अनुपात १३.५१ प्रतिशत र क्यापिटल कर्जरभेशन बफरसहित उक्त अनुपात ८.९३ प्रतिशत पुगेको छ ।

बैंकले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रयमाससम्ममा १२ लाखभन्दा बढी नयाँ खाताहरू थप गर्दै ४० लाखभन्दा बढी खाताहरू मार्फत सेवा दिँदै आइरहेको छ । यो त्रैमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल कर्जाहरु कर्जा विस्तार गरेकोे छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरूभन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स