मुक्तिनाथ विकास बैंक ‘द बिज अवार्ड २०२२’ बाट सम्मानित

काठमाडौं । वर्ल्ड कन्फेडेरेसन अफ बिजनेश वर्ल्डकबद्वारा मुक्तिनाथ विकास बैंक ‘द बिज अवार्ड २०२२’बाट सम्मानित भएको छ । विभिन्न ६ विघाहरु (व्यापारमा उत्कृष्टता, व्यापारमा अबल नेतृत्व, सेवाको गुणस्तर, सेवामा श्रृजनात्मक अभ्यास आदि)मा मुल्यांकन गरी उक्त संगठनबाट मुक्तिनाथ विकास बैंक सम्मानित भएको हो ।

वर्ल्ड कन्फेडेरेसन अफ बिजनेश वर्ल्डकबले विश्वभरीका १३० वटा देशहरुका ३५ सयभन्दा बढि व्यापार सदस्यहरुको प्रतिनिधित्व गर्दै आएको छ ।

यस सम्मानले बैंकलाई भविष्यमा आफ्नो व्यापार प्रणालीमा अझ थप रणनीति बनाउन र ग्राहकहरुका लागि नविनतम सेवाहरु ल्याउन उत्साहित बनाएको बैंकले जनाएको छ ।

बैंकले यसअघि युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२० समेत हासिल गरेको थियो भने ‘ग्लोबल एसएमई अवार्ड २०२१’ को एसएमइ फाइनान्सर अफ द इयर एसिया विधामा पनि बैंक सम्मानित भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स