वर्षभरिमा बैंकको व्यवसाय भदौ र असोज राम्रो, १२ प्रतिशतको ग्रोथ मै अड्किए बैंक, अन्य महिनाको कर्जा प्रवाह कस्तो ?

काठमाडौं । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूले ४ खर्ब ५४ अर्ब कुल लगानी गरेका छन् । सो लगानीमध्य भदौ र असोज महिनामा बैंकहरूले लगानीमा लोभलाग्दो ग्रोथ गरेका छन् भने अन्य ४ महिना पनि बैंकले कर्जा प्रवाह सन्तोषजनक नभएपनि त्यति नराम्रो थिएन । साउन, मंसिर पुस र कार्तिक महिना बैंकका लागि सामान्य रहेपनि वैशाख र असार महिना बैंकहरूले एक पैसा पनि लगानी गर्न सकेनन् । बाँकी महिनामा बैंकहरूले त्यति लगानी गर्न सकेका छैनन् ।

अघिल्लो अघिल्लो आर्थिक वर्षमा भने बैंकहरूले ८ खर्ब १८ अर्ब लगानी गरेका थिए । सो वर्ष साउन महिनादेखि अन्य महिनामा बैंकहरूको लगानी ग्रोथ राम्रै थियो । आर्थिक वर्ष २०७६/७७ मा पनि बैंकहरूले ४ खर्ब ५ अर्ब लगानी गरेका थिए भने त्यसको अघिल्लो वर्ष २०७५/७६मा ३ खर्ब ८७ अर्ब लगानी भएको नेपाल बैंकर्स संघको तथ्यांक छ । २०७४/७५ मा बैंकहरूले वर्षदिन भरिमा जम्मा ३ खर्ब ७६ अर्बमात्रै लगानी गरेका थिए ।

यसरी बैंकहरूले गरेको ५ वर्षको लगानीलाई हेर्दा गत आर्थिक वर्ष लगानीका हिसावले त्यति नराम्रो वर्ष नएको संघको यो तथ्यांकले पुष्टि गरेको छ । यद्यपि यो अवधिमा नेपालको कुल गार्हस्थ्य उत्पादन बढेर ४८ खर्ब पुगिसकेकोले पनि बैंकहरूको यो ग्रोथलाई राम्रो मानिहाल्नु पर्ने अवस्था भने देखिदैन ।

राष्ट्र बैंकले गएको आवको मौद्रिक नीति ल्याउँदा निजी क्षेत्रतर्फको कर्जा लागनी १९ प्रतिशतले वृद्धि गर्ने लक्ष्य राखेको थियो । यद्यपि बैंकहरूले सो लक्ष्य भने हासिल गर्न नसकेको अवस्था छ । बैंकहरूले अघिल्लो आर्थिक वर्षको तुलनामा हाल गरेको लगानी वृद्धि १२.२० प्रतिशतमात्रै हो । यदि बैंकहरूले राष्ट्र बैंकको लक्ष्य अनुसार नै लगानी गर्न सकेका भए लगानी बढेर ७ खर्ब रुपैयाँ नाघ्ने थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स