एभरेष्ट बैंकलाई एकैपटक ४ अर्बको ऋणपत्र निष्काशन गर्न सेबोनको अनुमति

काठमाडौं । एभरेष्ट बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट ४ अर्ब रुपैयाँ बराबरको २ वटा ऋणपत्र निष्काशन गर्न अनुमति पाएको छ । सेबोनले बैंकलाई एकैपटक २ वटा ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न अनुमति दिएको हो ।

बोर्डले साउन २ गते बैंकलाई २ वटा ऋणपत्र निष्काशनको अनुमति दिएको सेबोनले बताएको छ । बोर्डले बैंकलाई २ अर्ब रुपैयाँ बराबरको ‘एभरेष्ट बैंक ऋणपत्र–२०८५’ र २ अर्ब रुपैयाँ बराबरको ‘एभरेष्ट बैंक ऊर्जा ऋणपत्र–२०८९’ निष्काशन तथा बिक्री खुला गर्न अनुमति दिएको हो ।

अब बैंकले एभरेष्ट बैंक ऋणपत्रको १ हजार अंकित दरका कूल २० लाख इकाइ ऋणपत्र बिक्री गर्नेछ । जसमध्ये १२ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी ८ लाख इकाइ सर्वसाधारणका लागि बिक्री गर्नेछ । बैंकले अनुमति पाएको ऋणपत्रको एभरेष्ट बैंक ऋणपत्रको अवधि ६ वर्ष रहेको छ भने वार्षिक १०.५ प्रतिशत ब्याजदर तोकिएको छ ।

त्यस्तै, बैंकले एभरेष्ट बैंक ऊर्जा ऋणपत्रको १ हजार अंकित दरका कुल २० लाख इकाइ ऋणपत्र बिक्री गर्नेछ । जसमध्ये १२ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी ८ लाख इकाइ सर्वसाधारणका लागि बिक्री गर्नेछ । बैंकको ऊर्जा ऋणपत्रको अवधि १० वर्ष तोकिएको छ भने वार्षिक ५.५ प्रतिशत ब्याजदर तोकिएको छ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स