बंगलादेश बैंकलाई गाभेपछि निक्षेप संकलन र कर्जा प्रवाहमा नबिल ‘नम्बर वान’, एनआईसी र ग्लोबल पछिपछि, कुन बैंकको अवस्था कस्तो ?

काठमाडौं । असारमसान्तसम्म वाणिज्य बैंकहरूले कुल ४५ खर्ब ४१ अर्ब निक्षेप संकलन गरेर ४१ खर्ब ७४ अर्ब कर्जा प्रवाह गरेका छन् । सो निक्षेपमध्य नबिल बैंकले मात्रै ३ खर्ब २९ अर्ब कुल निक्षेप संकलन गरेर ३ खर्ब ९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । नबिल बैंकपपछि एनआईसी एशिया बैंकले २ खर्ब ९४ अर्ब निक्षेप संकलन गरेर २ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

ग्लोबल आईएमई बैंकले २ खर्ब ८६ अर्ब निक्षेप संकलन गरेर २ खर्ब ७२ अर्ब कर्जा प्रवा गरेको बढी निक्षेप संकलन गर्ने र कर्जा प्रवाह गर्ने बैंकको तेस्रो सूचीमा परेको छ ।

गत आर्थिक वर्षमा बढि निक्षेप संकलन गरी कर्जा प्रवाह गर्ने बैंकको सूचीमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक परेको छ । बैंकले गएको आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर २ अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको सीडी रेसियो ८५.८९ प्रतिशत रहेको छ ।

अन्य बैंकको निक्षेप संकलन कर्जा प्रवाह दुबै २ खर्बभन्दा कम रहेको छ । नेपाल बैंक, स्ट्याडण्ड चार्टर्ड, एभरेष्ट, एनएमबि, नेपाल इन्भेष्टमेन्ट बैंक, कृषि विकास बैंक, प्राइम कमर्शियल बैंक, सिटिजन्स बैंक, मेगा बैंक, को निक्षेप संकलन डेढ खर्बभन्दा बढिरहेको छ भने अन्य बैंकको निक्षेप संकलन सोभन्दा कम रहेको छ ।

२ खर्बभन्दा कम कर्जा प्रवाह गर्ने बैंकमा सिद्धार्थ, एनएमबि, नेपाल इन्भेष्टमेन्ट प्रभूलागयतका बैंक परेका छ । गत वर्ष बैंकहरूले सोचेजति कर्जा प्रवाह गर्न नसकेपनि राष्ट्र बैंकको निर्देशनलाई भने पालन गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स