सिद्धार्थ बैंकको ‘सिद्धार्थ श्रीवृद्धि मुद्दती खाता’ सञ्चालनमा, १० गुणा सम्म प्रतिफल

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले निक्षेप रकमको १० गुणा सम्म प्रतिफल प्राप्त हुने ‘सिद्धार्थ श्रीवृद्धि मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ।

व्यक्तिगत, संस्थागत एवं रेमिन्ट्यान्स ग्राहकलाई लक्षित गरी ल्याइएको यो मुद्दती खातामा न्यूनतम १० हजार जम्मा गरी खाता खोल्न सकिनेछ।

यस मुद्दती खातामा ग्राहकले बैंकद्वारा तोकिएको समयावधिपश्चात् आफ्नो साँवा रकमको २ गुणादेखि १० गुणासम्मको प्रतिफल प्राप्त गर्न सक्नेछन्।

यसका अतिरिक्त ग्राहकले आफ्नो साँवा रकमको ९० प्रतिशतसम्मको कर्जा सुविधा पाउनुका साथै १०० प्रतिशतसम्मको क्रेडिट कार्ड सुविधा समेत प्राप्त गर्न सक्नेछन्। ग्राहकलाई उक्त क्रेडिट कार्ड जारी गर्दा कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ।

सिद्धार्थ बैंककोे १९० शाखा कार्यालयबाट सहजै यो मुद्दती खाता खोल्न सकिनेछ। यस खाताबारे विस्तृत जानकारी नजिकैको शाखा कार्यालय वा बैंकद्वारा सञ्चालित ग्राहक सेवा केन्द्र र सिद्धार्थ केयरमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स