अप्रकामा भाग लिन कृषि विकास बैंकका सीईओ उपाध्याय भियतनाम जाँदै

काठमाडौं कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्याय आज एशिया प्यासिफिक रुरल एण्ड एग्रिकल्चर क्रेडिट एसोसिएसन (अप्रका) मा भियतनाम जाँदैछन् । कृषि विकास बैंकको प्रतिनिधित्व गर्दै उनी भियनामतर्फ प्रस्थान गर्न लागेका हुन् । सीईओसहित कृषि विकास बैंकका अन्य दुई जना अप्रकाको एक्ज्युकेटिभ मिटिङ (कार्यकारीहरुको बैठक) मा सहभागी हुनेछन् ।

नेपाल बैंकर्स संघको अध्यक्ष समेत रहेका उपाध्यायसहित बैंकका लुम्बिनी प्रदेश प्रमुख र साना तथा मझौला विभागीय प्रमुख समेत भियतनाम जान लागेका हुन् । कृषि विकास बैंक अप्रकाको सदस्य संस्था हो । सन् १९९४ मा स्थापना भएको अप्रकामा १६ देशका २९ संस्थाहरु सदस्य छन् । बैठकमा सबै संस्थाका कार्यकारी प्रमुखहरु सहभागी हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स