काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय वित्तीय संस्थाहरुलाई लाभांश वितरणमा कडाइ गरेको छ । राष्ट्र बैंकले २० प्रतिशतभन्दा बढी लाभांश बाड्न थप शर्त पुरा गर्नुपर्ने व्यवस्था गरेको छ । बैंकले सोमबार लघुवित्त वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै लाभांश वितरणमा नियन्त्रण गरेको हो ।
राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई वार्षिक २० प्रतिशत भन्दा बढी लाभांश वितरण गर्नको लागि थप व्यवस्था गरेको छ । बैंकको निर्देशन अनुसार अब लघुवित्त वित्तीय संस्थाहरुले वार्षिक २० प्रतिशत भन्दा धेरै लाभांश वितरण गर्नु परेमा प्रस्तावित लाभांशको ५० प्रतिशतले हुन आउने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।
यद्यपि राष्ट्र बैंकले २० प्रतिशत भन्दा बढी लाभांश दिँदा बढी हुने लाभांशको २५ प्रतिशत सामाजिक उत्तरदायित्व कोषका राख्नुपर्ने व्यवस्था हटाएको छ । लघुवित्त बैंकरहरुले शुरुदेखि नै माग आएका थिए । राष्ट्र बैंकले यसको सट्टामा २० प्रतिशत भन्दा बढी लाभांश यसअघि रहेको २५ प्रतिशत बराबरको साधारण प्रोभिजनिङलाई बढाएर ५० प्रतिशत पुर्याएको छ ।
लघुवित्त वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७७/७८ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांस वितरण गर्न पाउने व्यवस्था गरेको छ । तर,यस्तो नगद लाभांश इजाजतपत्रप्राप्त संस्थाको २०७८ असार मसान्तमा कायम बचत÷निक्षेपको भारित औसत ब्याजदरको प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था गरेका छ ।