सबैको लघुवित्त मदनचौक सुपरीवेक्षण मुकाम र मुकाम अन्तर्गत शाखाहरुले सप्ताहव्यापी कार्यक्रम सम्पन्न

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड मदनचौक सुपरीवेक्षण मुकाम बाँके तथा मदनचौक शाखा बाँकेको संयुक्त आयोजनामा स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको छ । तनहुँ जिल्ला बन्दीपुर-१ डुम्रेमा केन्द्रीय कार्यालय रहेको लघुवित्तले मदनचौक मुकाम अन्तर्गत शाखाहरुले विभिन्न सप्ताहब्यापि कार्यक्रम सञ्चालन गरको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले जानकारी गराएका थिए ।

मदनचौक सुपरीवेक्षण कार्यालयका सुपरीवेक्षण अधिकृत बुद्धिराम चौधरीको अध्यक्षतामा तथा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जकी स्त्रीरोग विशेषज्ञ डा.पुनम आचार्य , इन्टर्न डा.राजी शाह, डा सन्तोष महतो, डा.नितेश कौशल, डा.नवल किशोर शाह लगायतको उपस्थितिमा शिविर सञ्चालन भएका थियो ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जका निर्देशक डा.रोमन किदुवईले पछिल्लो समयमा धेरै ठाउँमा स्वास्थ्य शिविर गराउँदै आएको जानकारी गराएको थिए । निर्देशक किदुवईले सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आयोजना गरेको स्वास्थ्य शिविरको लागि पनि भरपुर सहयोग गरेको बताएका थिए । प्रशासनाको तर्फबाट के.पि. घिमिरेलाई हेल्थ क्याम्पको जिम्मेवारी दिईएको डा. किदुवाईले बताएका थिए ।

त्यसैगरी उदघाटन समारोहमा मदनचौक सुपरीवेक्षण मुकामका सुपरीवेक्षण अधिकृत बुद्धिराम चौधरीले संस्थाले प्रदान गरेका सेवाहरुका बारेमा जानकारी गराएका थिए । साथै सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायमा गरिएका विभिन्न कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए । उक्त स्थास्थ्य शिविर कार्यक्रमबाट १०३ (एक सय तीन) जना लाभान्वित भएका थिए ।

शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्नः

वार्षिकोत्सको उपलक्ष्यमा सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको वाणि र बेलौरी शाखाको संयुक्त आयोजनामा कृष्णपुर नगरपालिका वडा नं. २ मा अवस्थित सिद्दनाथ बाल ज्योति आधारभुत विद्यालयका ३० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको थियो । उक्त कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, पि.टि.ए.अध्यक्ष, भूतपूर्व विद्यालय ब्यवस्थापन अध्यक्ष, शिक्षक, शिक्षिका १० जना अभिभावकहरु तथा विद्यार्थीहरुका साथै कृष्णपुर नगरपालिका-२ का वडा सदस्यको उपस्थिति रहेको थियो । वाणी शाखा कञ्चनपुरका शाखा प्रमुख बाँधुराम चौधरीको सभापतित्वमा कार्यक्रम सञ्चालन भएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा शाखा प्रमुख श्री बाँधुराम चौधरीले आआफनो मन्तब्य राखेका थिए ।

त्यसैगरी सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड दुर्गौली तथा जोशीपुर शाखाको संयुक्त आयोजनामा कैलाली जिल्ला टिकापुर स्थित मल्लिका विद्यापिठ गुरुकुल विद्यालयमा अध्यनरत निम्न आयश्रोत भएका तथा अनाथ विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको थियो ।

त्यसैगरी यस सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड बोटेचौर शाखा र वीरेन्द्रनगर शाखाको आयोजनामा सुर्खेत जिल्लाको गुर्भाकोट-१३ स्थित कालिका प्राथमिक विद्यालयमाका १० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो । कालिका प्राथमिक विद्यालयको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र गुरुङ, विद्यालयकी शिक्षिका विरिन्का घर्ती, स्थानीय पूर्णकला घर्ती तथा सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारीहरुको उपस्थितिमा विद्यालय ब्यवस्थापन समिति अध्यक्ष गजेन्द्र गुरुङको बाहुलीबाट शैक्षिक सामग्री वितरण गरिएको थियो ।

सरसफाई कार्यक्रम सम्पन्न :

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड रिमझिमचौक शाखा र डाँडाटपरी शाखाको संयुक्त आयोजनामा बाँके जिल्ला खजुरा गाउँपालिका-२ रिमझिम बजारमा सरसफाई कार्यक्रम सम्पन्न गरेकोछ । रिमझिमचौक शाखाका शाखा प्रमुख सरिता तामाङकले फोहोर ब्यवस्थापनका लागि ६ वटा ठूला डष्टविन बजारको मुख्य मुख्य चोकमा राखेको छ ।

खाद्यान्न तथा फलफुल वितरण :

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड मगरागडी शाखा, राजापुर शाखा, बर्दियाको संयुक्त अयोजनामा बारबर्दिया नगरपालिका-७ सिउँनियामा सञ्चालित बाल स्नेह नेपालका अनाथ बालबालिकालाई खाद्यान्न तथा फलफूल वितरण गरेकोछ । मगरागडी शाखाका प्रमुख जितेन्द्र राना, राजापुर शाखाका प्रमुख सुनिल कुमार थारु, बाल स्नेह नेपालका अध्यक्ष तथा सञ्चालक रन्जना कुमारी थारु, सोही संस्थाका उपाध्यक्ष श्री जंग बहादुर थारु, बारबर्दिया नगरपालिकाका समाज सेवी बुद्धिजिविहरु गरी २५ जनाको उपस्थिति रहेको छ । बाल स्नेह नेपाल संस्थाकी अध्यक्ष तथा सञ्चालक श्री रन्जना कुमारी चौधरी, मंगरागडि शाखाका प्रमुख श्री जितेन्द्र रानाले कार्यक्रममा आआफनो मन्तब्य राखेका थिए ।

त्यसैगरी सबैको लघुवित्त वित्तिय संस्था लिमिटेड रगैंचा शाखा र उरहरी शाखाको संयुक्त आयोजनामा दाङ जिल्ला तुलसीपुर-६ हातीखाव स्थित मानव सेवा आश्रममा फलफूल तथा खाद्यान्न वितरण गरेकोछ ।

फलफुलको विरुवा वितरण कार्यक्रम सम्पन्न :

सबैको लघुवित्त वितीय संस्था लिमिटेड नर्ति शाखा दाङको आयोजनामा लमही नगरपालिका-१ सुन्डबरी वडा कार्यालय परिसरमा वडाध्यक्ष दामोदर पौडेलको उपस्थितिमा शाखाका कर्मचारीहरु तथा ग्राहक सदस्यहरुको सहभागितामा लिच्चि तथा कागतिका बोट विरुवाहरु वितरण तथा वृक्षारोपण गरेको थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स