काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा स्वावलम्बन लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ ।
शुक्रबार लघुवित्तको १९ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
आज लघुवित्तको १९ प्रतिशतले हुन आउने १७ लाख ९१ हजार ७ सय कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।