स्माटच्वाईस टेक्नोलोजिज र मुक्तिनाथ विकास बैंकबीच सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र राष्ट्रिय स्तरको ‘ख’ वर्गको इजाजतपत्र प्राप्त मुक्तिनाथ विकास बैंक लिमिटेडबीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा प्रदान गर्नको लागि सम्झौता सम्पन्न भएको छ ।

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र मुक्तिनाथ विकास बैंक लिमिटेडको तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङले सो सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरे ।

नेपाल राष्ट्र बैंकको नीति र निर्देशन अनुरुप समग्र भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढवा दिने प्रमुख उद्देश्यका साथ क्रियाशील स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र विगत लामो समयदेखि सर्वसाधारणलाई सबै प्रकारका बैंकिङ सेवा सुबिधा पु¥याउँदै आएको मूलुकको बैकिङ क्षेत्रको अग्रणी मुक्तिनाथ विकास बैंक लिमिटेडको यस सहकार्यबाट मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।

यस सम्झौता पश्चात स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडवीच स्मार्ट क्यूआर प्रयोगको क्षेत्रमा सहकार्य हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स