गरिमा विकास बैंकले काठमाडौं र स्यांङजामा सामाजिक उत्तरदायित्व अन्तर्गत सामाग्री हस्तान्तरण

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्य गर्दै आईरहेको यस विकास बैंकले काठमाडौंको माछापोखरी शाखाको समन्वयमा का.म.न.पा. १६, बसन्तनगर, तारकेश्वर धाममा क्रियापुत्री घर÷कम्पाउण्डमा आवश्यक १०० लिटरको १० थान र ३२ लिटरको २० थान गरि जम्मा ३० थान डस्बीन तारकेश्वर धाम समितिलाई हस्तान्तरण गरेको छ ।

त्यस्तै, स्यांङजाको वालिंङ शाखाको समन्वयमा वालिंङ वहुमुुखी क्याम्पसलाई यस विकास बैंकका पूर्व अध्यक्ष दिलिप प्रताप खाँडबाट २० थान स्टान्ड फ्यान हस्तान्तरण गरिएको छ ।

हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स