छैठौं वार्षिकोत्सवको अवसरमा सबैको लघुवित्त डुम्रे मुकाम अन्तर्गतका शाखाहरुले गर्यो विभिन्न कार्यक्रमहरु

सचेतनामूलक बोर्ड हस्तान्तरणः
तनहुँ जिल्लाको बन्दीपुर-१, डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड पाँचौं वर्ष पूरा गरी छैठौं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा डुम्रे सुपरीवेक्षण मुकाम अन्तर्गतका शाखाहरुले विभिन्न कार्यक्रम सञ्चालन गरिएको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले जानकारी गराएका थिए ।

बाग्लुङ जिल्ला स्थित सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड अक्षते शाखाले २०७९ आषाढ २८ गते ट्राफिक सचेतना सम्बन्धी जानकारीमूलक होडिङ बोर्ड बाग्लुङ जिल्ला अक्षते, दोबिल्ला स्थित अस्थायी ट्राफिक पोष्टलाई वितरण गरेको छ ।

धार्के शाखाद्वारा गरीब तथा जेहेन्दार छात्रछात्रालाई पाठ्य सामग्री वितरणः

धादिङ जिल्ला धार्के स्थित सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड धार्के शाखाद्वारा धादिङ जिल्लाको धुनीवेसी-९ स्थित श्री वराह देवी प्राथमिक विद्यालय गरीब तथा जेहेन्दार छात्रछात्रालाई पाठ्य सामग्री वितरण गरेको छ । धादिङ जिल्लाको धुनीबेसी-९ टायलघरमा रहेको उक्त विद्यालयका ३५ जना विद्यार्थीहरु मध्ये ५ जना गरीब तथा जेहेन्दार छात्रछात्रालाई पाठ्य सामग्री वितरण गरेको छ ।

उक्त कार्यक्रममा धार्के शाखाका प्रमुखले विद्यार्थीहरुलाई अनिवार्य विद्यालय उपस्थिति हुन तथा विद्यार्थीहरुलाई उत्प्रेरणा गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताए । उक्त विद्यालयका प्रधानाध्यापक हसना भण्डारीले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमको आवश्यकता रहेको जानकारी गराउँदै सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडलाई धन्यवाद दिएका थिए । उक्त कार्यक्रममा सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारीहरु तथा विद्यालयका शिक्षक, शिक्षिका तथा अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।

जेष्ठ नागरिकहरुलाई फलफूल वितरणः

संस्थाको छैठौं वार्षिकोत्सवको उपलक्ष्यमा सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड धमिलिकुवाँ शाखाले राइनस नगरपालिका वडा नम्बर ८ हरबोट स्थित सर्वोदय सेवा आश्रम तथा लायन्स जेष्ठ नागरिक सेवा आश्रममा रहेका जेष्ठ नागरिकहरुलाई फलफूल वितरण गरेकोछ । धमिलिकुवाँ शाखाले उक्त आश्रमका सञ्चालक कृष्ण ओलियाको उपस्थितिमा उक्त आश्रममा रहेका १२ जना जेष्ठ नागरिकहरुलाई फलफूल वितरण गरेको थियो ।

शैक्षिक सामग्री वितरण :
सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिकोत्सवको उपलक्ष्यमा सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड अरुणखोला शाखाले नवलपरासी जिल्ला (पश्चिम) बिनयी त्रिबेनी–१, बगुबन स्थित लक्ष्मी आधारभुत विद्यालयमा ८ कक्षासम्म अध्ययनरत आर्थिक अवस्था अत्यन्त कमजोर रहेका ५६ जना विद्यार्थी भाइबहिनीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

 

शैक्षिक सामग्री वितरण :
स्याङ्गजा जिल्लाको अर्जुनचौपारी स्थित सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड अर्जुनचौपारी शाखाले अर्जुनचौपारी गाउँपालिका वडा नम्बर १ र ६ मा सञ्चालित समूह न. ३, ७, ८, ९ र २३ गरी पाँच वटा समूहका ग्राहक सदस्यहरुलाई तरकारीको बीउ विजन तथा बोट विरुवा वितरण गरेको छ ।

तरकारीको बीउ विजन वितरणः
रसुवा जिल्ला स्थित सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको बेत्रावती शाखाले छैठौं वार्षिकोत्सवको अवसर पारेर उत्तरगया गाउँपालिका कैदलेटारमा सञ्चालित समूहका सदस्यहरुलाई तरकारीको बीउ विजन वितरण गरेको थियो ।

 

सरसफाई कार्यक्रमः
सिन्धुपाल्चोक जिल्ला साँगाचौक स्थित सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड साँगाचोक शाखाले चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १२ साँगाचौक बजार क्षेत्रमा सरसफाई कार्यक्रम गरेकोछ । उक्त सरसफाई कार्यक्रममा सोही वडाका वडा अध्यक्ष, प्रहरी चौकी इन्चार्ज, बजार ब्यवस्थापन समितिका अध्यक्ष, साँगाचोक युवा क्लबका सचिव, स्थानीय स्तरमा सञ्चालित सहकारी संस्थाका प्रतिनिधि, होटल ब्यवसायि संघ, संस्थाका सदस्यहरु तथा स्थानीय बासिन्दाको सहकार्यमा सरसफाई कार्यक्रम आयोजना गरेकोछ ।

 

गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई पाठय सामग्री वितरणः
मकवानपुर जिल्ला मनहरी स्थित सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड मनहरी शाखाले मिति २०७९ आषाढ २५ गते छैठौ वार्षिकोत्सवको उपलक्ष्यमा मकवानपुर जिल्ला मनहरीमा स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थाीहरुलाई पाठय सामग्री वितरण गरेको थियो ।

दिवा स्याहार केन्द्रमा खेलकुद तथा खाद्यान्न सामग्री वितरणः
छैठौं वार्षिकोत्सवको उपलक्ष्यमा सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको चितवन जिल्लाका ३ वटा शाखाहरु ज्योतिनगर शाखा, पर्सा शाखा र कुरिनटार शाखाको संयुक्त आयोजनामा भरतपुर महानगरपालिका वडा नम्बर २६ ज्योतिनगर स्थित. दिवा स्याहार केन्द्रमा खेलकुद तथा खाद्यान्न सामग्री वितरण गरेको छ । उक्त स्याहार केन्द्रमा ५ वर्षदेखि १२ वर्षसम्मका ८ जना मस्तिष्क पक्षघात भएका बालबालिका रहेको संस्थाका सञ्चालक लक्ष्मीकान्त घिमिरेले बताएका थिए । उक्त कार्यक्रममा सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

अनाथ बालबालिकालाई फलफूल, खाद्यान्न तथा पाठ्य सामग्री वितरणः
छैठौं वार्षिकोत्सवको उपलक्ष्यमा सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको तनहुँ जिल्लाको डुम्रे शाखा, थर्पु शाखा र गोरखा जिल्लाको लक्ष्मीबजार शाखाको संयुक्त आयोजनामा ब्यास नगरपालिका वडा नम्बर १० बैरेनी स्थित उज्यालो घरमा रहेका अनाथ बालबालिकाहरुलाई फलफूल, खाद्यान्न तथा पाठ्य सामग्री वितरण गरेकोछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स