नेप्सेमा एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ८.५० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो ।

मूल्य समायोजनसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ३२० रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ३४८ रुपैयाँ थियो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि आज असार २८ गतेदेखि साउन ९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो । असार २७ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश पाउन सक्ने छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स