साउन २७ देखि मानुषी लघुवित्तको ४ लाख कित्ता आईपीओ आउँदै

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २७ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले सो आईपीओ ५ हजार ४६९ कित्ता कर्मचारीको लागि हो भने १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

उक्त आईपीओमा साउन २७ गतेदेखि ३१ गतेसम्म आवेदन गर्न सकिने छ । सो समय अवधिमा आईपीओ बिक्री नभएमा आवेदकले भदौ ९ गतेसम्म आवेदन दिन सक्ने छन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

धितोपत्र बोर्डबाट स्वीकृति पाएका सम्पूर्ण आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयरबाट पनि आईपीओमा आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

कम्पनीको हाल चुक्ता पुँजी ७ करोड रहेको छ । आईपीओ बाँडफाँट पश्चात उक्त पूँजी १० करोड ९३ लाख पुग्नेछ । कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी बि प्लस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको देखाउँछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स