दुई लघुवित्तसहित ३ कम्पनीले पाए आईपीओ निष्कासनको लागि बोर्डको अनुमति, कसको कति ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई लघुवित्तसहित ३ कम्पनीलाई आईपीओ निष्कासनको लागि अनुमति प्रधान गरेको छ । बोर्डले धौलागिरी लघुवित्त वित्तीय संस्था, अभियान लघुुवित्त वित्तीय संस्था र सिक्लेस हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासनको लागि अनुमति प्रधान गरेको हो ।

जसअनुसार, बोर्डले धौलागिरी लघुवित्तलाई ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न असार २४ गते स्वीकृति दिएको हो । अनुमति पाएसँगै अब लघुवित्तले अंकित मूल्य १०० रुपैयाँ दरका ३ लाख ३१ हजार कित्ता आइपीओ जारी गर्नेछ ।

सेयर निष्काशनको लागि लघुवित्तले सन्राइज क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धक तोकेको छ ।

त्यस्तै, अभियान लघुुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आइपीओ जारी गर्न बोर्डबाट अनुमति पाएको हो ।

सेयर निष्काशनको लागि लघुवित्तले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

त्यसैगरि, सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २० करोड रूपैयाँ बराबरको २० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

बोर्डले सिक्लेस हाइड्रोलाई असार २३ गते अनुमति प्रदान गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स