विदेशमा पनि यस्तै अभ्यास छ, मूल्य वृद्धि नियन्त्रण गर्न ब्याजदर बढाउनै पर्छः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीले मूल्य वृद्धि रोक्न ब्याजदर बढाउनु पर्ने बताएका छन । आगामी आर्थिक वर्षको मौद्रिक नीतिका विषयमा अर्थ समितिमा बोल्दै राष्ट्र बैंकका गभर्नर अधिकारीले ब्याजदर बढाउनुको विकल्प नभएको स्पष्ट पारे ।

बैठकमा उनले संसारभरका ठूला देशहरुले पनि मूल्य वृद्धि नियन्त्रणका लागि ब्याजदर वृद्धि गर्ने अभ्यास गरेको बताए । कोभिड पछि मूल्य वृद्धि नखेपेका कमै मुलुकहरू छ्न । ती देशका केन्द्रिय बैंकहरूले पनि मूल्य वृद्धि रोक्न विभिन्न मौद्रिक उपकरण लिएका छन् जसमा ब्याजदर वृद्धि एउटा महत्वपूर्ण अभ्यास हो । कोभिडको समयमा ठूलो परिमाणमा स्टिमुलस प्याकेज दिएका देशमा पनि मूल्य वृद्धि नियन्त्रण गर्न ब्याजदर उपयोग गरेको देखिएको छ ।

बैंकहरुले प्रवाह गरेको अधिकांश ऋण समेत आयातमै उपयोग भएको र रेमिट्यान्सको रकम पनि आयातमै जानु गम्भिर विषय भएको उनको भनाइ थियो । उनले आयात वृद्धि भएकाले विदेशी मुद्रा सञ्चितिमा दबाव परेको पनि सुनाए ।

नेपाल राष्ट्र बैंकले पनि यस्तो कन्ट्रोल मेकानिजम लिनु पर्ने अवस्था देखिएको छ । विश्वका ठूला र विकसित मुलुकहरूले पनि मूल्य वृद्धिको कन्ट्रोलमा बैंकको ब्याजदर बढाएका छन् । अहिले रेमिट्यान्स बढ्न सकेन । आयात बढ्दा बैंकको कर्जा पनि सोहि क्षेत्रमा गएको छ ।

१० महिनाको अवधिमा २.४७ अर्बले विदेशी विनिमय सञ्चिति घटेको छ । हामीे खर्च नियन्त्रणमा लागेनै भने समस्या कन्ट्रोल बाहिर पुग्छ ।आयातको लागि बैंकिङ च्यानलबाट पैसा पठाउनु परेको छ । सोही अनुसार निक्षेप संकलन गर्न नसक्दा तरलतामा चाप परेको र व्यवस्थापनमा समस्या बढेको हो । अहिले २ खर्ब ३१ अर्ब निक्षेप संकलन गर्दा ५ खर्ब ४८ अर्ब कर्जा १० महिनामा प्रवाह भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स