४/१२ को सीमाको विषयमा विचार गर्न राष्ट्र बैंकका गभर्नर अधिकारीलाई अर्थ समितिका अध्यक्ष दाहालको निर्देशन

काठमाडौं । प्रतिनिधि संसदको अर्थ समितिका सभापति कृष्ण दाहालले सेयर धितो कर्जाको ४/१२ सम्बन्धी व्यवस्था खारेज गर्न नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निर्देशन दिएका छन् ।

सोमबार आगामी आर्थिक वर्षको मौद्रिक नीतिबारे छलफल गर्न आयोजित बैठकमा सभापति दाहालले राष्ट्र बैंकका गभर्नर अधिकारीलाई प्रश्न गरे ‘मौद्रिक नीतिमार्फत् सेयर कर्जाको ४/१२ नीति खारेज गर्दा के हुन्छ ? त्यसबारे विचार गर्न गर्नुपर्ने भयो ।

सभापति प्रसाद दाहालले ४–१२ ले शेयर लगानीकर्ताहरू अप्ठेरोमा परेको भन्ने गुनासो आएकोले समाधान गर्न आग्रह गरेपछि गभर्नर अधिकारीले जवाफ दिन नमिल्ने बताए ।

अर्थ समितिमा आज भएको छलफलमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.प्रकाश श्रेष्ठले ४–१२ को नीति संविधानमा रहेको समाजवाद उन्मुख अर्थतन्त्रको लागि योगदान पुर्याउने उद्देश्यले यस्तो व्यवस्था गरिएको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स