सबैको लघुवित्त नयाँमिल सुपरीवेक्षण मुकाम तथा नयाँमिल मुकाम अन्तर्गत शाखा कार्यालयद्वारा विभिन्न कार्यक्रम सञ्चालन

तनहुँ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड नयाँमिल सुपरीवेक्षण मुकाम रुपन्देही तथा फर्साटिकर शाखा रुपन्देहीको संयुक्त आयोजनामा स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको छ । तनहुँ जिल्ला बन्दीपुर १ डुम्रेमा केन्द्रीय कार्यालय रहेको संस्थाको प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले उक्त कार्यक्रमको जानकारी गराएका थिए ।

सिक्टहन शाखाकी शाखा प्रमुख सुमित्रा कालामगरको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथी डा.रोहित कान्दुले सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले यस क्षेत्रमा स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरी सराहनीय कार्य गरेको जानकारी गराएका थिए ।

त्यसैगरी उदघाटन समारोहमा नयाँमिल सुपरीवेक्षण मुकामका सुपरीवेक्षण अधिकृत विक्रम उपाध्यायले संस्थाले प्रदान गरेका सेवाहरुका बारेमा जानकारी गराएका थिए । साथै सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायमा गरिएका विभिन्न कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए । उक्त स्थास्थ्य शिविर कार्यक्रमबाट १०१ (एक सय एक) जना लाभान्वित भएका थिए । कार्यक्रम सञ्चालन रिमा कँडेलले गरेका थिए ।

स्कूल युनिफर्म वितरणः

त्यसै गरी सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको नयाँमिल शाखा, प्रतापपुर शाखा, सिक्टहन शाखा, खैरेनी शाखा, भैरहवा शाखा, लुम्बिनी साँस्कृतिक शाखा र रामग्राम शाखा गरी ८ वटा शाखा कार्यालयहरुको संयुक्त आयोजनामा रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका५ मणिग्राम स्थित श्री गिर्वाण सरस्वती संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका २० जना विद्यार्थीहरुलाई स्कूल युनिफर्म वितरण गरेका थिए ।

युनिफर्म वितरण कार्यक्रमको सभाध्यक्षमा उक्त विद्यालयका प्रधान अध्ययापक केदार चन्द्र पराजुली र नयाँमिल सुपरीवेक्षण कार्यालयका प्रमुख विक्रम उपाध्यायको प्रमुख आतित्थमा कार्यक्रम सञ्चालन भएको थियो । रिमा कँडेलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथी विक्रम उपाध्यायले २० जना विपन्न परिवारका विद्यार्थीहरुलाई स्कूल युनिफर्म वितरण गर्नुका साथै छोटो मन्तब्य दिएका थिए ।

सभाध्यक्ष एवम् उक्त विद्यालयका प्रधानाध्यापक केदारचन्द्र पराजुलीले लघुवित्तले पनि यस्ता सामाजिक कार्यहरु गर्दै आएको पहिलो पटक थाहा पाएको बताए साथै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै साथै विद्यालयमा युनिफर्म वितरण गरेकोमा सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडलाई धेरै धेरै धन्यवाद दिएका थिए ।

खाद्यान्न वितरणः

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड इमिलिया शाखा कपिलवस्तु, महाराजगञ्ज शाखा कपिलवस्तु, जहदी शाखा कपिलवस्तु र जोगडा शाखा रुपन्देहीको संयुक्त आयोजनामा कपिलवस्तु नगरपालिका तौलिहवा स्थित कपिलवस्तु बाल गृहमा खाद्यान्न सामग्री वितरण गरेका थिए ।

कार्यक्रममा सभाध्यक्ष कपिलवस्तु बाल गृहका अध्यक्ष गोपाल मण्डल र अतिथी सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको चार वटै शाखाका शाखा प्रमुखहरु तथा बाल गृह अथवा बाल मन्दिरका सञ्चालक समितिका पदाधिकारीहरुको उपस्थिति रहेका थिए । खाद्यान्न वितरण शाखा प्रमुख गोमा कुँवर, मनोज चौधरी, शिव कुमार चौधरी र एकरामुद्धिन मुसलमानले संयुक्त रुपमा गरेका थिए । बाल गृहका अध्यक्ष मण्डलले सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडलाई हृदयदेखि धन्यवादज्ञापन गरेका थिए ।

बालविवाह सम्बन्धी सचेतना कार्यक्रमः

गुल्मी जिल्लाको गुल्मीदरबार-३ गौंडाकोट स्थित सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड गौंडाकोट शाखाको आयोजनामा त्यस क्षेत्रको गुल्मीदरबार-६ डोटा, गुल्मीदरबार-१ बलिथुम, गुल्मीदरबार-१ बरुखामा बालविवाह सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । उक्त शाखाले सोही दिन ३ ठाउँमा बालविवाह सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रममा ६४ जना महिला दिदीबहिनीहरु तथा ग्राहक सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बालविवाह न्यूनीकरण सम्बन्धी पम्पलेट वितरण सहित बालविवाह सामाजिक अपराध हो भन्ने विषयमा रही कार्यक्रम समापन भएको थियो । उक्त कार्यक्रमको प्रशिक्षकको भूमिका शाखाकी प्रमुख विपना खनाल, सहायक प्रदिप पन्थीले गरेका थिए ।

फलफूल वितरणः

पाल्पा जिल्ला तानसेन नगरपालिका स्थित निलसागर सेवा आश्रममा सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड तानसेन शाखाले फलफूल वितरण गरेको थियो । कार्यक्रममा सभाध्यक्षको रुपमा सोही आश्रमका अध्यक्ष देव प्रसाद बज्राचार्य रहेका थिए । प्रमुख अतिथीको रुपमा रहेका तानसेन शाखाका प्रमुख तिला कुमारी बस्यालले आश्रमका ३० जनालाई फलफुल वितरण गरेका थिए । कार्यक्रममा सभाध्यक्ष देव प्रसाद बज्राचार्यले सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडलाई बधाईका साथ धन्यवाद सहित सम्मान स्वरुप प्रमाण-पत्र दिएका गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स