अर्थतन्त्रको माग र आवश्यकताअनुसार मौद्रिक नीति आउँछः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारले अर्थतन्त्रको माग र आवश्यकताअनुुसारको मौद्रिक नीति आउने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आगामी मौद्रिक नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले समय र परिस्थिति अनुसार मौद्रिक नीति आउने बताएका हुन् ।

अधिकारीले पहिले प्रणालीलाई स्थिर राखेर मात्र त्यसमा सबैको हित अटाउने पनि बताए । उनले स्थिरता नहेरी आफ्नो फाइदा मात्र हेरियो भने समस्या अझ बढ्ने बताए ।

‘मैले चाहे अनुसारको मौद्रिक नीति आउने होइन, अर्थतन्त्रको आवश्यकता र माग अनुसारको मौद्रिक नीति आउँछ,’ उनले भने । ‘महाप्रसाद अधिकारीको दिमागमा के छ, सोही अनुसारको मौद्रिक नीति आउँदैन, तपाईंहरूले दिएको सुझाव अनुसार पनि आउँदैन’ उनले भने ‘र्थतन्त्रलाई स्थिर बनाउने गरी मौद्रिक नीति ल्याउनु पर्छ । अर्थतन्त्र अस्थिर भयो भने समस्या आउने बताउँदै उनले भने ‘अर्थतन्त्रलाई सुधार गर्ने गरि मौद्रिक नीति आउँछ ।’

कार्यक्रममा बाह्य क्षेत्रका कारण नेपालको अर्थतन्त्र समस्यामा परेकाले आगामी वर्ष कस्तो नीति लिने भन्ने विषयमा राष्ट्र बैंकको टिमले सुक्ष्म रुपमा तथ्यांक विश्लेषण गरिरहेको उनले बताए । राष्ट्र बैंक अर्थतन्त्रलाई स्थिर बनाउने गरि नीति बनाउनु पर्ने अवस्थामा छ । अर्थतन्त्र सहज हुँदा सबैलाई लाभ हुन्छ । त्यसैले राष्ट्र प्रमुख उद्देश्य अर्थतन्त्रलाई ठिक ठाउँमा पुर्याउनु भएको उनले बताए ।

साथै, भारू ५०० र १००० काे नाेटकाे समस्या हटाउन पहल भइरहेकाे पनि उनको जिकिर थियो। नेपाल एसबीआई बैंकमार्फत् सबै पिओएसमा रूपे कार्ड चलाउने ब्यवस्था मिलाउन लागिएकाे समेत अधिकारीले जानकारी दिए। उनले उधाराे कहाँ गएकाे छ भनेर प्रश्न गर्दै अस्वभाविक उधाराे दिँदा अर्थतन्त्रलाई नै समस्या पर्ने बताए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स