एनआइसी एशिया बैंकद्वारा ३ जना ग्राहकलाई घातक रोगको बीमा वापत ३० लाख रुपैयाँ बीमा रकम भुक्तानी

काठमाडौं । एनआइसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बचत खाता खोलेका ३ जना ग्राहकलाई बीमा रकम भुक्तानी गरेको छ ।

बैंकले घातक रोगको बीमा वापत ३ जनालाई प्रतिव्यक्ति १० लाख रुपैयाँको दरले ३० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको हो ।

बीमा लाभ प्राप्त गर्नेमा यस बैंकको स्वयम्भु शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेका हरिन्द्र शाह तेली, जाजरकोट शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेका प्रचण्ड जंग शाह र थली शाखामा सर्वश्रेष्ठ कागेश्वरी मनोहरा नगरपालिका बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेका सञ्जित तामाङ रहेको बैंकले जनाएको छ ।

उनीहरूलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देलले संयुक्त रुपमा एक कार्यक्रमका बिच बीमा रकम बराबरको चेक हस्तान्तरण गरेको बैंकले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । बैंकले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा बीमा रकम भुक्तानी गरेको हो ।

बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका १ हजार १ सय ३७ जनाभन्दा बढी ग्राहकहरूले घातक रोग बीमा वापत २ करोड ४० लाख रुपैयाँ, दुर्घटना बीमा वापत ४० लाख रुपैयाँ र मेडिकल बीमा वापत २ करोड ६९ लाख रुपैयाँ गरी कुल ५ करोड ४९ लाख रुपैयाँभन्दा बढी बीमा रकम प्राप्त गरिसकेको बैंकले जनाएको छ ।

बैंकले हाल सर्वाधिक उच्च ब्याजदर, पाँच वर्षसम्म निःशुल्क ८४ लाख रुपैयाँसम्मका ३ बीमा (१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू भएको सर्वश्रेष्ठ बचत खाता सञ्चालन गरिरहेको समेत जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स