बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष पवन गोल्यान बैकर्समात्र नभएर सफल निर्यातकर्ता व्यवसायीको रुपमा चिनिन्छन् । उनी एक धागो निर्यातकर्ता हुन भने कृषिका साथै अन्य उद्यम व्यवसायमा पनि उनले त्यतिकै पहिचान बनाएका सफल उद्यमी पनि हुन् ।
उनले आज सिबिफिनले आयोजना गरेको कार्यक्रममा नेपालमा निर्यातको समस्या रहेको बताए । नेपालले २५ देखि ३५ रुपैयाँमा ६–७ महिना अदुवा निर्यात गर्छ अनि ४ महिना १०५ रुपैयाँ भन्दा बढि मूल्य तिरेर किन्छ भन्ने प्रश्नमा उनले भने ‘नेपालमा अदुवा फल्ने मौसम हुन्छ तब एकदम सस्तो मूल्य २५–३० रुपैयाँको हाराहारीमा बेचिएको र जब नेपालमा अदुुवा नफल्ने बेला हुन्छ तब हामीले १०५ रुपैयाँभन्दा माथिमा किन्नु पर्ने हुन्छ ।
दुई/तीन गुण पैसा हामी भारतलाई गिफ्टको रुपमा उपहार दिइएका छौँ । उनले नेपालले निर्यात गर्दा यस्ता स–साना विषयमा ध्यान नपुग्दा यस्तो मूल्य चुकाउनु परेको बताए । यी र यस्ता साना वस्तुको आयात निर्यातमा ध्यान दिन सकेपनि देशले केही राहत पाउने उनले बताए ।