काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुलाई डिजिटल माध्यम मार्फत सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैकिङ सेवा प्रदान गर्ने हेतुले अनलाईन पोर्टल ‘केएस डिजी वर्ल्ड’ सार्वजनिक गरेको छ । बैंकले आषाढ २२ गते मंगलबारका दिन ‘केएस डिजी वर्ल्ड’ सार्वजनिक गरी सेवा सञ्चालनमा ल्याएको हो ।
यो सेवा लागू भएपछि बैंकका ग्राहक महानुभावहरुले बैंकको वेबसाईट वा मोबाईल एप मार्फत अथवा digiworld.kamanasewabank.com मा गई एकद्वार प्रणालीमार्फत घरैमा बसी अनलाईन सेवाहरु प्राप्त गर्न सक्नेछन् ।
‘केएस डिजी वर्ल्ड’ मा अनलाईन खाता, अनलाईन ऋण आवेदन, अनलाईन डिम्याट र मेरोसेयर, अनलाईन कार्ड रिक्वेस्ट, अनलाईन क्युआर रिक्वेस्ट, अनलाईन ग्राहक केन्द्र सेवा लगायतका सेवाहरु उपलब्ध छन् । साथै बैंकले आगामी दिनहरुमा समेत अन्य अनलाइन सेवाहरू थप गर्दै जाने योजना बनाएको छ ।