काठमाडौं । एनएमबि बैंक लिमिटेडले ८.४९ प्रतिशतमा अटो लोन उपलब्ध गराउने भएको छ । बैंकले २४ घण्टाभित्र प्रवाह गर्ने सुनिश्चितता गरेको छ । निरन्तर ब्याज बढने चिन्ताबाट मुक्त हुने गरी ५ वर्षसम्म एउटै ब्याजदर रहने सरल तथा सहज योजना अघि सारिएको हो ।
विद्युतीय गाडीको हकमा भने एनएमबि बैंकले बेस रेटमै कर्जा प्रदान गर्दै आइरहेको छ । यसरी ग्राहकवर्गको आफ्नै गाडी चढने सपना पुरा गर्न समान ब्याजदरले झन सघाउ पु¥याउने विश्वास लिईएको छ ।
बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।