आँधीखोला र सीवाईसी नेपाल लघुवित्त मर्जरमा जाने

काठमाडौं । आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्त मर्जरमा जाने तयारी गरेका छन् । दुई लघुवित्तबीच १००ः७० को स्वाप अनुपातमा मर्जरमा जाने प्रारम्भिक सहमति भएको हो ।

जस अनुसार आँधीखोला लघुवित्तको १०० कित्ता सेयर हुने सेयरधनीले मर्जरपछि बन्ने कम्पनीको ७० कित्ता सेयर पाउने छन् । यद्यपि यो अन्तिम स्वाप नभई डिडिएपछि मात्रै फाइनल स्वाप रेसियो तय हुने कम्पनीले जनाएको छ ।

आँधिखोला लघुवित्तको केन्द्रीय कार्यालय स्यांगजाको बयरघारीमा रहेको छ। हाल कम्पनीको चुक्ता पूँजी ११ करोड ९० लाख रहेको छ ।

त्यस्तै, सीवाईसी नेपाल लघुवित्तको केन्द्रीय कार्यालय बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका स्थित बाग्लुङ बजारमा रहेको छ । कम्पनीको चुक्ता पूँजी १२ करोड १६ लाख रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स