प्रदेश २ मा गैर खाद्यवस्तु उत्पादनमा ५१ प्रतिशतभन्दा बढी वित्तीय क्षेत्रको लगानी

काठमाडौं  । बैंक तथा वित्तीय संस्थाले गैर खाद्यवस्तु उत्पादनमा ५१.३३ प्रतिशतभन्दा बढी लगानी गरेका छन् । यद्यपि प्रदेश २ मा बैंक तथा वित्तीय संस्थाले गत पुससम्म यस क्षेत्रमा गरेको लगानी अघिल्लो आर्थिक वर्ष २०७६\७७ को भन्दा ५.५६ प्रतिशतले कम हो ।

बैंक तथा वित्तीय संस्थाले गत पुससम्म प्रदेश २ मा कुल ३ खर्ब ८ अर्ब ९४ करोड लगानी गरेका छन् । सो कर्जामध्ये समग्र औद्योगिक क्षेत्रमा ९३ अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अघिल्लो आर्थिक वर्षको समीक्षा अवधिसम्म यस्तो कर्जा ८७ अर्ब ४४ करोड रुपैयाँमात्रै थियो ।

उक्त क्षेत्रमा भएको कर्जा प्रवाह अघिल्लो आर्थिक वर्षको भन्दा १४.२२ प्रतिशतले बढी भएपनि गैर खाद्यवस्तु उत्पादनमा भने बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी घटाएको राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेश २ को आर्थिक गतिविधि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले कृषि–वन तथा पेय पदार्थ उत्पादन उद्योगतर्फ २२.८६ प्रतिश, निर्माणजन्य उद्योगमा १९.४३ प्रतिशत, धातुको उत्पादन, मेशिनरी तथा इलेक्ट्रोनिक्स तथा धातुका सामानतर्फ ५.२५ प्रतिशत लगानी गरेका छन् । खानी उद्योगमा बैंक तथा वित्तीय संस्थाको लगानी ०.६१ प्रतिशत र विद्युत, ग्यास तथा पानी उद्योगतर्फ ०.५३ प्रतिशत कर्जा प्रवाह रहेको छ ।

समीक्षा अवधिमा खानीजन्य उद्योगतर्फको कर्जा प्रवाह १२.१० प्रतिशतले कमी आएको छ भने धातु उत्पादन, मेशिनरी तथा इलेक्ट्रोनिक्स, विद्युत ग्यास तथा कृषि, वन तथा पेय पदार्थ उत्पादन उद्योगतर्फको कर्जामा वृद्धि भएको छ । निर्माण उद्योगतर्फको कर्जा समीक्षा अवधिमा २५.३१ प्रतिशतले वृद्धि भइ १८ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।

सेवा क्षेत्रको कर्जामा २८ प्रतिशतभन्दा बढीले वृद्धि

गत पुससम्म प्रदेश २ मा सेवा क्षेत्रमा प्रवाह भएको कर्जामा २८.२८ प्रतिशतले वृद्धि भई १ खर्ब २२ अर्ब ३८ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षको पुससम्म यस्तो कर्जा ९५ अर्ब ४० करोडमात्रै थियो ।

उक्त प्रदेशमा बैंक तथा वित्तीय संस्थाले थोक तथा खुद्रा विक्रेता करिब १ खर्ब लगानी गरेका छन् । उक्त अवधिमा सो क्षेत्रमा बैंक तथा वित्तीय क्षेत्रको लगानी ९७ अर्ब ७ करोड रुपैयाँ रहेको छ । यातायात, भण्डारण तथा संचारमा सबैभन्दा धेरै लगानी गरेका छन् ।

यो क्षेत्रमा ५ अर्ब ७२ करोड लगानी गरेका छन् भने पर्यटन क्षेत्रमा ४ अर्ब २ करोड लगानी गरेका छन् । अन्य सेवामा ७ अर्ब २० करोडसहित वित्त, बीमा तथा अचल सम्पत्तीमा ८ अर्ब ३४ करोड लगानी रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि, प्रथम अर्धवार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स