काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ३७ जना कर्मचारी माग गरेको छ ।
बैंकले केन्द्रिय कार्यालय र देशका विभिन्न स्थानमा रहेको बैंकको शाखाका लागि करारमा ३७ जना कर्मचारी माग गरेको हो ।
जसअनुसार, पिपा पदका लागि कुल १६ जना, हल्का सवारी चालक १४ जना र बस चालक ७ जना गरि कुल ३७ जना कर्मचारी माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेको व्यक्तिले असार २२ गतेदेखि साउन ४ गतेभित्र बैंकले तोकेको अनलाइन मार्फत फारम भर्न सकिने बैंकले जनाएको छ ।
[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/07/rastra-bank-vacancy.pdf” cache=”off”]