आजबाट नेपाल एसबिआई बैंकको ऋणपत्र निष्काशन

काठमाडौं । नेपाल एसबिआई बैंकले आज (असार २२) गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको हो ।

बैंकले ३० लाख कित्ता मध्ये १२ लाख कित्ता अर्थात् १ अर्ब २० करोड बराबरको ऋणपत्र सर्वसाधारणको लागि र बाँकी १८ लाख कित्ता अर्थात् १ अर्ब ८० करोड बराबरको ऋणपत्र व्यक्तिगत तबरबाट बिक्री गरिने जनाएको छ। यस ऋणपत्रमा सामुहिक लगनी कोषहरुले आवेदन दिएका छैनन् ।

सो ऋणपत्र खरीदका लागि असार २६ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयसम्म माग बमोजिम आवेदन नपरेमा साउन ४ गतेसम्म समय थप हुनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरीदका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स