सनिमा बैंक र अन्नपूर्ण केबलकार बीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । सानिमा बैंक र अन्नपूर्ण केबलकार बीच आषाढ २० गते समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारी अन्तर्गत बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारको टिकट किन्दा सानिमा बैंकको मोबाइल बैंकिङ बाट क्यूआर कोड स्क्यान वा डेबिट क्रेडिट कार्ड मार्फत् रकम भुक्तानी गरेमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।

उक्त समझदारी पत्रमा सानिमा बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख सुदिप कुमार हलवाई र अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स