निक्षेप बढ्यो कर्जा बढेन, रिकभरीमा बैंक

काठमाडौं । पछिल्लो साता वाणिज्य बैंकहरूमा निक्षेप ह्वात्तै बढेको छ भने सोही अनुपात बढ्न सकेको छैन । असार महिनाको पहिलो हप्ताको तुलनामा दोस्रो हप्ता वाणिज्य बैंकहरुमा ३४ अर्ब निक्षेप थपिएको छ भने २ अर्ब रुपैयाँमात्रै कर्जा प्रवाह गरेका छन् ।

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार असार १० गतेसम्म वाणिज्य बैंकहरूमा ४३ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप असार १७ गतेसम्म आइपुग्दा ३४ अर्बले बढेर ४४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको हो ।

एक हप्ताको अवधिमा वाणिज्य बैंकहरुले दुई अर्ब कर्जा प्रवाह गरेको हुन् । संघको तथ्यांक अनुसार असार १० गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ८२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह २ अर्बले बढेर असार १७ गतेसम्म आइपुग्दा ४१ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको संघको तथ्यांकमा उल्लेख छ ।

असार पहिलो सातासम्म वाणिज्य बैंक ९३ खर्ब ९४ अर्ब थियो । दोस्रोसाता अर्थात ३ गतेबाट १० गतेपुग्दा ४ अर्बले निक्षेप बढेर ९३ खर्ब ९८ अर्ब पुग्यो भने १७ गतेसम्मको ७ दिनमा ३४ अर्बले निक्षेप बढेको छ ।

असार ३ गतेसम्म बैंकहरूले ४१ खर्ब ८८ अर्ब कर्जा प्रवाह गरेका थिए । त्यसैपनि असार महिना रिकभरीको महिना भएकोले यो अवधिमा बैंकहरूको कर्जा घटेको हो । अर्थात यो अवधिमा ऋणीले ४ अर्ब कर्जा तिरेका छन् । जेठ अन्तिम अर्थात ३१ गतेसम्म वाणिज्य बैंकहरूले प्रवाह गरेको यस्तो कर्जा ४१ खर्ब ९३ अर्ब रुपैयाँको थियो ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स